गण्डकी प्रदेशमा २१ जना कोरोना सङ्क्रमित थपिए
जनकपुरधाम, ३ असार/ कास्की– गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पर्वत जिल्लामा गरी आज थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ७ः५० बजे विज्ञप्ति जारी गरी नवलपरासीमा १८ र पर्वतमा तीन नयाँ सङ्क्रमित थपिएको जनाएको छ ।
नवलपरासीको हुप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१ र १८ वर्षका गरी १४ पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, कावासोती नगरपालिकाका वर्ष ३७ वर्षका पुरुष तथा पालिका नखुलेको एक जना २७ वर्षका पुरुषमा समेत सङ्क्रमण फेला परेको बताइएको छ । पर्वतको फलेवास नगरपालिका १९ र २१ वर्षका दुई पुरुष र ४६ वर्षीया एक महिलामा समेत सङ्क्रम पुष्टि भएको छ ।
नयाँ सङ्क्रमण पुष्टि भएका सबै जना भारतबाट आएर सम्बन्धित जिल्लाको स्थानीय तहको क्वारेन्टिनमा रहेकाहरु भएको र अहिले जिल्लामा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा हालसम्म २४७ कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ६६, बागलुङमा ४१, पर्वतमा २९, गोरखामा २५, तनहुँमा ११, कास्कीमा सात, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् ।
कूल सङ्क्रमितमध्येमा १३ महिला छन् । सङ्क्रमितमध्ये २२ विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक सङ्क्रमितको भने मृत्यु भएको छ । प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन ९स्वाब० लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरुमध्ये दुई हजार ३५५ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस