अमेरिकाबाट जन्मभूमिलाई स्वास्थ्य सामग्री
दुल्लु, ३ असार/ दैलेखमा कोरोना संक्रमण दिनहुँ बढ्न थालेपछि अमेरिका बस्दै आएका युवाले आफ्नो जन्मभूमिमा स्वास्थ्य सामग्री पठाएका छन् । नारायण नगपालिका वडा नं ११ जन्म घर भई अमेरिकाको न्युयोर्क बस्दै आउनुभएका मञ्जु, वर्षा र तीर्थ शाहीले ज्वरो, रुघाखोकी र झाडापखालाका औषधि तथा पिपिइलगायत स्वास्थ्य सामग्री पठाएका हुन् ।
दैलेखी सेवा समाज काठमाडौँका अध्यक्ष प्रताप शाहीमार्फत प्राप्त मास्क, सेनिटाइजरलगायत सामग्री वडाध्यक्ष टंकबहादुर विष्टले मंगलबार स्वास्थ्यचौकी प्रमुख चन्द्रबहादुर विकलाई हस्तान्तरण गर्नुभयो । सोमबार ९१ जनामा कोरोना पुष्टि भएपछि दैलेखमा सङ्क्रमित बढेर ६२९ पुगेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस