• जीवनशैली | Jiwanshaili
  • सुनको भाउले आज बनायो नयाँ रेकर्ड, इतिहासकै उच्च मुल्य कायम


    सुनको भाउले आज नयाँ रेकर्ड बनाएकाे छ । इतिहासकै उच्च मुल्य कायम गर्दै नेपाली बजारमा आज असार ३ गते बुधबार छापावाल सुन १ सय रुपैँयाले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो असार २ गते मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ सय रुपैँयाले बढेर ८९ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको छ।

    चाँदीको मूल्य आज ५ रुपैँयाले बढेको छ। बिहिबार चाँदी प्रतितोलाको मूल्य ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस