सङ्कटमा १३ लाख सहयोग
कोरोना सङ्टकसँग जुध्नका लागि बागलुङको ताराखोला गाउँपालिकामा जन्मेर जापानमा रहेका प्रवासीले आर्थिक सहयोग गरेका छन् । उनीहरुले बागलुङ ताराखोला गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा रु १३ लाख ११ हजार ५०० सहयोग गरेका हुन् । ताराखोलामा जन्मेर रोजगारी तथा अध्ययनको सिलसिलामा जापानमा रहनुभएका ९९ नेपालीले गाउँपालिकाको कारोना नियन्त्रण तथा क्वारेन्टिन व्यवस्थापनका लागि सहयोग गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।
“कोरोना महामारीसँग लड्नका लागि सहयोग प्राप्त भएको हो”, घर्तीले भन्नुभयो । उक्त सहयोग कोरोना कोषमा सबै खर्च नभएमा आगमी दिनमा गाउँपालिकामा पर्ने विपद्को सामना गर्न सहयोग पुग्ने जापानमा सहयोग सङ्कलनको संयोजन गर्नुभएको तेजबहादुर चालिसेले जानकारी दिनुभयो । जापानमा रहेर नरबहादुर थापा, गङ्गा घर्ती र ताराखोला समाज जापानका अध्यक्ष केदार थापा लगायतका पदाधिकारीको क्रियाशीलतामा उक्त रकम जुटेको गाउँपालिकाले जानकारी दिएको छ । सहयोग सङ्कलन भएको रु १३ लाख ११ हजार ५०० दुई चरणमा गरी गाउँपालिकाको कोरोना व्यवस्थापन तथा रोकथाम कोषमा जम्मा भइसकेको घर्तीको भनाइ रहेको छ । कोषमा हालसम्म ४१ लाख २५ हजार रकमा सङकलन भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस