मल छैनः किसानको फोन लगातार
सर्लाही, ३ असार/ जिल्लामा धान रोप्ने समयमा मल अभाव भएको छ । रोपाइँका लागि खेतमा ब्याड तयार भए पनि सहज रुपमा मल उपलब्ध हुन सकेको छैन । केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएको किसानले गुनासो गरेका छन् । कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्रीवितरणमा समस्या भएको कृषि सामग्री संस्थान लिमिटेडले जनाएको छ । ब्याडका लागि बीउ छर्नुभन्दा अगाडि डिएपी मल खेतमा हाल्ने गरेका किसान धान रोप्ने समयसम्म पनि मल नपाउँदा थप चिन्तित बनेका छन् ।
‘बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन सकेन’, जिल्लाका किसान बताउँछन् । भारतबाट ल्याउन जाँदा लकडाउनका कारण प्रहरीले जान दिँदैन । अरु वर्ष नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्ने गरेको तर यस वर्ष कुनै उपाय नभएको किसानको भनाइ छ । जिल्लामा अहिले मलको अभाव रहेको कृषि सामग्री संस्थानका प्रमुख बज्रमणि लामाले बताउनुभयो । धान खेतीका लागि मात्रै जिल्लामा एक हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार मेट्रिक टन युरिया मलको आवश्यकता पर्ने गरेको भए पनि लकडाउनका कारण मल ल्याउन नपाउँदा किसान मारमा परेको लामाको भनाइ छ । अहिले संस्थानमा करीब १५० मेट्रिक टन डिएपी र दुई ट्रक युरिया बाँकी रहेको उहाँ बताउनुहुन्छ ।
अहिलेलाई डिएपीको माग बढ्दो र गोदाममा भएको मलले एक दुई गाउँलाई पनि नपुग्ने भएकाले माग गरिएको लामाले बताउनुभयो । रोपाइँ भइसकेपछि साउनतिर युरिया चाहिन्छ । केही दिन अगाडि आएको मल मकै खेतीका लागि किसानले लिएर गएको र अहिले धान खेतीको समय भए पनि गोदाममा मल नभएको तर किसानले मलका लागि फोन गरेको ग¥यै छन् । यही असार १ गतेदेखि मल सहकारीमार्फत बिक्रीवितरण गर्ने तयारी भए पनि संस्थानमा मल नै नभएर बिक्रिवितरण गर्न नसकिएको प्रमुख लामाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस