बेइजिङका सयौँ उडान र रेलसेवा रद्ध
बेइजिङ/ चीनको केन्द्रिय राजधानी बेइजिङ्मा कोरोनाभाइरस विरुद्धको लडाईलाई फेरी सशक्त बनाउन लागेको छ । पछिल्लो समयमा अनपेक्षित रुपमा कोरोना संक्रमितहरु भेटिन थालेपछि बेइजिङमा उच्च सतर्कता अपनाउन थालिएको हो ।
उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुई ओटा विमानस्थलबाट हुने सयौँ आन्तरिक उडान रद्ध गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार करिब १ हजार २५५ ओटा आन्तरिक उडान रद्ध भएका हुन् ।
बेइजिङ्मा अहिलेसम्म ९० हजार जनाको कोरोना परिक्षण गरिएको र नयाँ ३१ सहित कुल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरुले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन् । बेइजिङ्बाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुदै आएको थियो । त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङभन्दा बाहिर जानका लागि बन्द गरिएको छ । टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरुको भनाई छ । बुधबारदेखि माध्यामिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई अनलाईन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ । कलेजका शंकास्पद विद्यार्थीहरुलाई भने कलेजमै फिर्ता गरिएको छ ।
बेइजिङ्का सार्वजनिक स्थलहरुमा आवत जावत गर्न पनि कडाई गरिएको समाचारमा जनाइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस