रोपाइँ शुरु भो, मल छैन
सर्लाही, ३ असार / जिल्लामा धान रोप्ने समयमा मल अभाव भएपछि किसान चिन्तित बनेका छन् । रोपाइँका लागि खेतमा ब्याड तयार हुँदा मल नपाएपछि उनीहरु चिन्तित बनेका छन् । केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएका उनीहरुले गुनासो गरेका छन् । कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्री वितरणमा समस्या भएको कृषि सामग्री संस्थान लिमिटेडले जनाएको छ ।
बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन नसकेको जनाइएको छ । उनीहरुले नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्दथे । यस वर्ष कुनै उपाय नभएको उनीहरुको भनाइ छ । जिल्लामा अहिले मलको अभाव रहेको सो लिमिटेडका प्रमुख बज्रमणि लामाले बताउनुभयो । उहाँको अनुसार धान खेतीका लागि मात्रै जिल्लामा एक हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार मेट्रिक टन युरिया मलको आवश्यकता रहेको र अहिले संस्थानमा करीब एक सय ५० मेट्रिक टन डिएपी र २ ट्रक युरिया बाँकी रहेको छ ।
“अहिलेलाई डिएपीको माग बढ्दो रहेको छ । गोदाममा भएकोले एक–दुई गाउँलाई पनि पुग्दैन । साउनतिर रोपाइँ भइसकेपछि युरिया चाहिन्छ । माग गरेका छौँ । आयो भने सहज हुन्छ । ” उहाँले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस