कैलालीमा मोटरसाइकल र जिप ठोक्किँदा निधन

घोडाघोडी, ३ असार/ कैलालीमा मोटरसाइकल र जीप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा वा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा मोटरसाइकलमा सवार हाल गोदावरी नगरपालिकाका –६ मा बस्दै आउनुभएका जोशीपुर गाउँपालिका –२ का गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
दुर्घटनापछि जीप चालक फरार भएका छन् । जीप इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस