कैलालीमा मोटरसाइकल र जिप ठोक्किँदा निधन
घोडाघोडी, ३ असार/ कैलालीमा मोटरसाइकल र जीप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा वा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा मोटरसाइकलमा सवार हाल गोदावरी नगरपालिकाका –६ मा बस्दै आउनुभएका जोशीपुर गाउँपालिका –२ का गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
दुर्घटनापछि जीप चालक फरार भएका छन् । जीप इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस