८२ वर्षीया वृद्धालाई नगद सहयोग
सडक पेटीमा मकै पोलेर जीविकोपार्जन गर्दै आउनुभएकी ८२ वर्षीया वृद्धालाई रू १० हजार प्रदान गरिएको छ । पोखरा –१७, घारिपाटनमा दश वर्षदेखि मकै पोलेर जीवन धान्दै आउनुभएकी सहारा क्षेत्रीका बारेमा जेठ २५ गते राससमा ‘हरियो मकैले धानेको बुढ्यौली’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
समाचारबाट उहाँको वास्तविकता बुझेपछि बेलायत निवासी समाजसेवी प्रेमबहादुर गुरुङ र लक्ष्मी गुरुङले अभियानकर्मी माया गुरुङमार्फत उक्त रकम पठाउनुभएको हो । “हामीले बूढी आमाको बारेमा समाचारमा पढ्यौँ, चार सन्तान जन्माएर पनि बेसहारा बन्नुभएकी आमा परिवारका साथ मायाममता र उचित स्याहारका साथ बाँच्नुपर्ने उमेरमा दुःख गरेर जीवन धानिरहनुभएको रहेछ । रक्तचापको बिरामी हुनुहुँदो रहेछ, त्यसैले सहयोग पठाएका हौँ”, प्रेमले भन्नुभयो । दोसल्लाको सम्मानसहित रु १० हजार बुझ्दै गर्दा क्षेत्रीको आँखा रसाएका थिए ।
“मेरै कोखबाट मैले नजन्माए पनि मलाई माया गर्ने धेरै छोराछोरी यो संसारमा छन्, मेरो दुःख देख्न नसकी मलाई दबाइ खर्च पठाउँछन् ।” उहाँले भन्नुभयो, “बिहान बेलुकाको छाक पाखुराले साथ दिएसम्म गरेर खान्छु ।” बेलायत निवासी समाजसेवी माया गुरुङ बन्दाबन्दीले नेपालमै रोकिएपछि विपन्न परिवारका लागि सहयोग अभियानमा सक्रिय हुनुहुन्छ ।
उहाँले भन्नुभयो, “यो उमेरमा सहारा नहुँदा पनि आत्मबल दरो बनाएर आगोमा पसिना चुहाउनुभएको छ, बाँच्नका लागि सङ्घर्ष गर्नुभएको छ ।” ।”उहाँले आफू र साथी पार्वती गुरुङ कोरोनाको समयमा सहयोग अभियानमा जुटेको र हालसम्म एक हजारलाई राहत वितरण गरिसकेको जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस