पुनःपहिरो खस्योः सडक अवरुद्ध

नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आज साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा बिहान ४ः१५ बजे पहिरो खसेको थियो ।
नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा पहिराले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको भए पनि पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले जानकारी दिनुभयो । आज बिहानबाटै सो सडक अवरुद्ध भएपछि सवारी साधनको लामो लाइन लागेको छ । ––––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस