• जीवनशैली | Jiwanshaili
  • आजको मौसम कस्तो रहला? हेर्नुहोस् असार ०४ गते


    असार ०४ गते,बिहिबार।

    आज देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    रातीः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस