विद्युत्को पोलबाट खसेर मजदूरको मृत्यु
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामा विद्युत् विस्तारका क्रममा एक मजदूरको मृत्यु भएको छ । नगरपालिका–१० सुकासालका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युत्को पोल(खम्बा) बाट खसेर मृत्यु भएको हो । मृतक रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको छ ।
विद्युत्का तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक लुहार खसेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत् लाइन विस्तार गर्न लागेको छ । यो क्षेत्रमा पहिलोपटक विद्युत् लाइन विस्तार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भई रहेकोे बताउनुभयो । “खम्बाबाट खसेर मृत्यु भएको हो । शव अस्पतालमा राखिएको छ ।
घर परिवारलाई जानकारी दिइएको छ”, उहाँले भन्नुभयो, “के कसरी भएको हो, त्यसको अनुसन्धान गर्दैछौँ ।” लुहारका श्रीमती र एक छोरी छन् ।
लुहारका आफन्त मदनसिंह सेरालाले घटनाको सत्य तथ्य जाँच गरी लुहार परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको छ । खल्ला जिल्लाकै दुर्गम ठाउँ भएकाले बुधबारमात्रै घटनाबारे जानकारी हुन सकेको हो । –––
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस