२०० विद्यालय क्वारेन्टिनमा प्रयोग
यहाँका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो ।
जिल्लाका ९५ प्रतिशत विद्यालय क्वारेन्टिमा परिणत भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । हाल २५० स्थानमा गरी छ हजार ९८९ बेडका क्वारेन्टिन रहेका छन् । उहाँले भन्नुुभयो, “खुला ठाउँ र राख्नको लागि सहज हुने भएको विद्यालयमा बढीजसो क्वारेन्टिन निर्माण गरिएका हुन् ।” यस्तै केही स्वास्थ्यचौकी, सामुदायिक भवनमा पनि क्वारेन्टाइन बनाइएका छन् । यस्तै चार स्थानमा ३६ बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएका कोभिड १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो ।
भारतलगायत अन्यत्रबाट विभिन्न समयमा आउने र सबैलाई एउटै भवनमा राख्दा जोखिम बढ्ने भएकाले विद्यालय नै उपयुक्त भएकाले राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा हाल तीन हजार जना क्वारेन्टिनमा बसिरहेका छन् । त्यस्तै कोरोना सङ्क्रमित थपिन सक्ने भन्दै पूर्वतयारीस्वरुप बैतडीमा कम्तीमा २०० बेडको आइसोलेसन कक्ष बनाइँदैछ ।
कोरोना सङ्क्रमित थपिन सक्ने भन्दै जिल्लामा आइसोलेसन बेडको सङ्ख्या बढाउँदै लगिएको हो । जिल्लामा २७ सङ्क्रमित र ४०० बढीको आरडिटी पोजेटिभ आएर रिपोर्ट आउँन बाँकी छ । पिसिआर रिपोर्ट आउँन बाँकीमा कोरोना पुष्टि भइहाले पनि उनीहरुलाई सम्बन्धित स्थानीय तहमा राख्ने तयारीका साथ आइसोलेसनमा बेडको सङ्ख्या बढाउन लागिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रत्येक स्थानीय तहमा कम्तीमा २० बेड क्षमता भएका आइसोलेसन बनाउन पत्राचार गरिएको छ ।” कोरोना भाइरस जोखिम नियन्त्रण तथा रोकथाम जिल्लास्तरीय समन्वय समितिको बैठकबाट निर्णय भएबमोजिम आइसोलेसन निर्माण गरिने लागिएका हुन् । जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गरिएको र धेरैले निर्माण प्रक्रिया पनि शुरु गरिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमित थपिन सक्ने भएकाले पूर्वतयारीस्वरुप पालिकामा आइसोलेसन वार्ड निर्माणका काम भइरहेको छ ।”
बैतडीका विभिन्न स्थानमा गरी यसअघि ३२ बेडको मात्रै आइसोलेसन रहेको छ । हालसम्म जिल्लाका २७ जनामा कोरोना पुष्टि भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस