फरार चौकीदार पक्राउ
लमजुङ, ४ असार/ बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका चौकीदार लोकबहादुर भनिने २७ वर्षीय दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आज बिहान बेँसीशहर–२ स्थित मस्र्याङ्दी नदी किनारमा लुकेर बसेको अवस्थामा परियारलाई फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।
उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको उहाँको भनाइ छ । परियार राइनास नगरपालिका–१० कोकेगाउँ घर भई विसं २०६९ पुस २२ गतेदेखि हालसम्म कर्तव्य ज्यान मुद्दामा कारागार सजाय भोग्दै आएका छन् । लमजुङ जिल्ला अदालतले परियारलाई २० वर्षको सजाय तोकेको थियो । लमजुङको एक मात्र जिल्ला कारागारमा २५ जनाको क्षमता रहे पनि हाल ७३ कैदीबन्दी छन् । तीमध्ये ६६ पुरुष र सात महिला छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस