लकडाउनमा रोकियो १५ बालविवाह
हेटौँडा, ४ असार/ बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ । सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको छ ।
स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीको सहयोगमा ती बालविवाह रोकिएको हेल्पलाइनका सम्झना अधिकारीले बताउनुुभयो । उहाँले विगत छ महिनामा जिल्लाका विभिन्न स्थानका ५० बालविवाह रोकिएको र आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारीरूपमा लैजाने बताउनुभयो । चेतना, अशिक्षा, गरिबी तथा रुढीवादी परम्पराका कारण बालविवाह हुने गरेको जनाइएको छ । स्थानीय प्रशासनले समेत बालविवाह रोक्न सबैलाई आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस