• जीवनशैली | Jiwanshaili
  • सीमामा सशस्त्र प्रहरीको आवास निर्माण शुरु


    धम्बोझी, ४ असार/ बर्दियाका स्थानीय तहले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि आवास भवन निर्माण शुरु गरेका छन् । सोअनुसार बारबर्दिया नगरपालिकाले गुलरिया नगरपालिका वडा नं ९ टेपरीमा रु १० लाखमा आवासीय भवनको निर्माण शुरु गरेको छ ।

    सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले असुरक्षित रुपमा सुरक्षाको काम गर्दै आएका छन् । उनीहरुको सुरक्षाका लागि भवन निर्माण गर्न लागिएको बारबर्दियाका प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । बर्दियाका सबै पालिका मिलेर सीमामा आवासगृह बनाउने निर्णय भए पनि हालसम्म बारबर्दिया र बाँसगढी नगरपालिकाले मात्र बनाउन शुरु गरेका छन् । बर्दियाका सीमामा आवतजावत रोक्नका लागि बनाइएका जाँचचौकी पाल र त्रिपालबाट बनेका छन् । सर्पको बिगबिगी, हावाहुरी र वर्षात्बाट पालको बसाइ निकै असुरक्षित रहेको छ ।

    सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सुरक्षित आवासका लागि भवन निर्माणमा स्थानीय तहले सहयोग गरेको सशस्त्र प्रहरी ३१ नम्बर बाहिनीका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताउनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस