स्वास्थ्य सामग्री सहयोग
ठिनी, ४ असार/ कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङलाई चीनको स्वशासित क्षेत्र तिब्बतले स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्लाका पाँच गाउँपालिका र सुरक्षा निकायका लागि आरडिटी किट, मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ), पञ्जा, थर्मलगनलगायतका सामग्री तिब्बतको झोम्बा ९काउन्टी० ले उपलब्ध गराएको हो । स्वास्थ्य कार्यालयलाई सर्जिकल मास्क एक लाख १० हजार, आरडिटी किट एक हजार २०० , केएन–९५ मास्क एक हजार २०० , पिपिइ सेट एक हजार १०० र थर्मलगन १०० थान उपलब्ध गराएको छ ।
यसैगरी सुुरक्षाकर्मीका लागि केएन–९५ मास्क २०० , सर्जिकल मास्क दुई हजार , चश्मा ३०, ग्लाउन ४० , पञ्जा चार हजार , स्यानिटाइजर ५० , इलेक्ट्रिकल थर्मामिटर १०, स्पेयर १० , जेनेरेटर दुई, चुलो दुई , जग २० , सिरक २०, ओभरकोट २० , जुत्ता २० , अटोक्लेभ चार , मेटल डिटेक्टर पाँच थान तथा कोलोरिन २० हजार चक्की रहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख टीकाराम भण्डारीले प्राप्त स्वास्थ्य सामग्री आवश्यकता र प्रथमिकताका आधारमा प्रयोगमा ल्याइने बताउनुभयो । तिब्बत सरकारसँग जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लालाई कोरोनामुक्त बनाउन स्वास्थ्य उपकरण सामग्री सहयोगका लागि आग्रह गरेको थियो ।
चीनले स्वास्थ्य सामग्री सहयोग गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित सुरक्षाकर्मीलाई चिनियाँ सुरक्षा अधिकारीले कोरला नाकामा ती सामग्री हस्तान्तरण गरेको थिए । जिल्लाले माग गरेअनुसार आवश्यक पर्ने पिसीआर मेसिनलगायत अन्य स्वास्थ्य उपकरण चीनले छिटै सहयोग गर्ने जनाएको समेत उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस