• जीवनशैली | Jiwanshaili
  • माघ सम्म नेपालमा कोरोना नियन्त्रणमा आउँछः प्रधानमन्त्री


    प्रधानमन्त्री केपी शर्मा ओलीले माघसम्ममा नेपालमा कोरोना भाइरस नियन्त्रणमा आउने दाबी गरेका छन्।

    बिहीबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले दसैं-तिहारले संक्रमण थप बढाउन सक्ने भए पनि माघसम्ममा नियन्त्रणमा आउने दाबी गरे।

    ‘दसैं-तिहार वा छठ जस्तो चाडपर्वले संक्रमणको ग्राफ बढाउन सक्छ तर मंसिरको अन्तिम सातादेखि फेरि ग्राफलाई तल लान सक्छौं,’ ओलीले भने, ‘माघसम्ममा नियन्त्रणमा आउनसक्छ र सम्भवत फागुन नियन्त्रणको महिना हुनसक्छ।’

    नेपालमा विदेशबाट आउने व्यक्तिहरूबाट संक्रमणको जोखिम रहेको भन्दै साउनको अन्त्यसम्म यो अझै माथि पुग्ने उनको भनाइ छ।

    ‘चैतदेखि दैनिक ७ हजारसम्म मानिस आए। हिजोको हेर्दा दुई हजारमा झेरेको छ। यसलाई हेर्दा हामी साउनको अन्त्यसम्म पिक हुने अनुमान गर्न सक्छौं वा भदौंको सुरूतिर। त्यसपछि यो ओरालो लाग्छ र क्रमश: नियन्त्रण गर्नसक्छौं,’ उनले भने।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस