माघ सम्म नेपालमा कोरोना नियन्त्रणमा आउँछः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले माघसम्ममा नेपालमा कोरोना भाइरस नियन्त्रणमा आउने दाबी गरेका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले दसैं-तिहारले संक्रमण थप बढाउन सक्ने भए पनि माघसम्ममा नियन्त्रणमा आउने दाबी गरे।
‘दसैं-तिहार वा छठ जस्तो चाडपर्वले संक्रमणको ग्राफ बढाउन सक्छ तर मंसिरको अन्तिम सातादेखि फेरि ग्राफलाई तल लान सक्छौं,’ ओलीले भने, ‘माघसम्ममा नियन्त्रणमा आउनसक्छ र सम्भवत फागुन नियन्त्रणको महिना हुनसक्छ।’
नेपालमा विदेशबाट आउने व्यक्तिहरूबाट संक्रमणको जोखिम रहेको भन्दै साउनको अन्त्यसम्म यो अझै माथि पुग्ने उनको भनाइ छ।
‘चैतदेखि दैनिक ७ हजारसम्म मानिस आए। हिजोको हेर्दा दुई हजारमा झेरेको छ। यसलाई हेर्दा हामी साउनको अन्त्यसम्म पिक हुने अनुमान गर्न सक्छौं वा भदौंको सुरूतिर। त्यसपछि यो ओरालो लाग्छ र क्रमश: नियन्त्रण गर्नसक्छौं,’ उनले भने।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस