प्रतिरोधी क्षमताका कारण मृत्युदरमा कमी
काठमाडौँ, ४ असार / प्रधानमन्त्री ओलीले कोरोना सङ्क्रमितको उपचारका लागि नेपालले प्रयोग गरेको उपचार विधि र प्रतिरोधी क्षमताका कारण मृत्युदर अत्यन्त कम देखिएको बताउनुभयो ।
दैनिक भान्छामा पाइने वस्तुको प्रयोगबाट रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्न सकिने दृष्टान्त पेश गर्दै उहाँले प्रतिरोधी क्षमता बढाउने घरेलु उपाय बताउँदा केही बजु्रुकले हामीलाई उडाएका छन् भन्नुभयो । “प्रतिरोधी क्षमता कसरी बढ्छ भन्दा हामीलाई उडाइरहनू किन ?”, उहाँले भन्नुभयो, “ठीक ढङ्गले भनिएका कुरालाई नकारात्मक रुपले लिने र त्यसलाई उडाउने प्रवृत्तिले घर गरेको छ ।”
कोरोनाबाट मृत्यु भएकाको तथ्याङ्क पेश गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशत मृत्यु रहेको छ, यो संसारको धेरै देशभन्दा न्यून हो ।” बुधबारसम्म कोरोनाबाट नेपालमा २० जनाको ज्यान गएको छ । निधन भएका २० जनामध्ये कोरोनाकै कारणले निधन हुनेको सङ्ख्या अन्त्यन्त न्यून भएको जानकारी दिँदै उहाँले अरू विभिन्न कारणले मृत्यु भएको अवस्थामा पनि कोरोना पोजेटिभ देखिए, त्यसलाई कोरोनाले मृत्यु भएको मान्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका कारण सङ्ख्या केही धेरै देखिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भारतबाट आउने क्रम बढेसँगै नेपालमा पनि कोरोना सङ्क्रमित थपिँदै गएको बताउँदै बुधबारसम्म कूल सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको जानकारी दिनुभयो । पाँच हजार ९९० सङ्क्रमितको उपचार भइरहेको र एक हजार १६७ जना सङ्क्रमणलाई जितेर घर फर्केको पनि उहाँले बताउनुभयो ।
नेपालमा प्रतिदश लाखमा सङ्क्रमित सङ्ख्या २४७ मा सीमित रहेको तथ्याङ्क दिँदै उहाँले आरडीटी र पीसीआर गरी तीन लाख ८३ हजार ३१५ जनालाई परीक्षण गरिएको जानकारी दिनुभयो । नेपालमा प्रतिदश लाखमा १३ हजार १६६ जनाको परीक्षण गरिएको जानकारी दिँदै उहाँले परीक्षणको दायरामा दक्षिण एशियामा भुटानपछि नेपाल अग्रस्थानमा रहेको छ भन्नुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस