ललितपुर टीकाथलीका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि
चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । केही दिनअघि उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र कोखा दुख्ने समस्या रहेको जानकारी दिनुभयो । हालसम्म ललितपुरका पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये एक पुरुषको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस