चीनमा दाेस्राे लहरकाे संक्रमण , फेरि बढ्याे चिन्ता
कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा आएको चीनमा फेरी नयाँ चिन्ता थपिएको छ । चीनमा पछिल्लो एक सातादिनदेखि पुनः कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।
पछिल्लो समय चीनको राजधानी बेइजिङमा सबैभन्दा बढी काेराेनाका संक्रमित भेटिएक छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बेइजिङमा सङ्क्रमणका एक सय ५० भन्दा बढी घटना देखिएका छन् ।
बेइजिङमा संक्रमणको घटना बढेको देखेर अधिकारीहरू चिन्तित भएका छन् । बेइजिङमा लगभग दुई महिनादेखि काेराेनाकाे कुनै नयाँ केस देखिएको थिएन । नयाँ घटनाले चिनियाँ राजधानीमा फेरि कोरोना भाइरस फैलिने चिन्ताको विषय बनाएको छ ।
चीनमा लगभाग एक महिनादेखि दैनिक रूपमा एकदमै कम नयाँ केस देखिएन थालेका थिए । नयाँ काेराेना संक्रिमत भेटिन छाडेकाे थियाे तर एक सातादिनदेखि कोरोना संक्रमितको संख्या बढ्न थालेकाे छ । यसले दाेस्राे लहरकाे काेराेना फैलिने चिन्त बढेकाे छ ।
पछिल्लाे २४ घण्टाकाे अवधिमा चीनमा २८ जना काेराेना संक्रमित भेटिएका छन् । अहिले चीनमा २६५ जनामा काेराेना सक्रिय देखिएकाे छ । कुनैबेला त्यहाँ ६० जनामा मात्रै काेराेना संक्रिय रहेकाे थियाे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस