• जीवनशैली | Jiwanshaili
  • सङ्क्रमित मृतक महिलाको सम्मानका साथ अन्त्येष्टि


    टाउकोमा चोट लागेर कोहलपुर अस्पतालमा पुरयाएपछि उपचारकै क्रममा मृत्यु भएकी कैलालीको लम्की नगरपालिका – २ की ४३ वर्षीय महिलाको बिहीबार नेपाली सेनाको टोलीले स–सम्मान अन्त्येष्टि गरेको छ ।

    ती महिला कोरोना सङ्क्रमित भेटिएपछि बिहीबार बाँकेको ढकेरी नजिकको जङ्गलमा एक्स्काभेटरले खाल्डो खनेर ती महिलाको सम्मानपूर्वक अन्त्येष्टि गरिएको हो ।

    सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले र नेपाली सेनाको भैरवप्रसाद गणका गणपति नकुल थापाको उपस्थिति रहेको थियो ।

    उता, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएकामध्ये एकपछि अर्को गरेर दुई जनाको कोरोनाले मृत्यु भएपछि त्यहाँ कार्यरत चिकित्सक, स्टाफ नर्स, स्वास्थ्यकर्मी र कर्मचारी त्रसित भएका छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस