विदेशबाट आज २४ जनाको शव नेपाल ल्याइदैँ

विदेशबाट आज २४ जनाको शव नेपाल ल्याइदैँछ । वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा ज्यान गुमाएका नेपालीहरुको शव आज ल्याउन लागिएको हो ।
वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट मात्रै २० नेपालीको शव ल्याइदैँछ । त्यस्तै युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार कतार एयरवेजमार्फत २० वटा शवसँगै अन्य ४३ जना नेपाली कामदार पनि ल्याइदैँछ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको पनि उहाँले जानकारी दिनुभयो ।
बोर्डका अनुसार कतारबाट कपिलवस्तुका महमुद अलमान मुसलमान, सिरहाका रुपेशकुमार मण्डल र कासिदेव यादब, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, सर्लाहीका मुस्ताक साइक र मनोज पासवान, सधोवाका पासवान र अरुणकुमार पंजियारको शव नेपाल ल्याइदैँछ ।
त्यस्तै लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापामगर, मोरङका युवराज अधिकारी, भोजपुरका मीनबहादुर थापा र मंगलबहादुर तामाङ, सुर्खेतका नरबहादुर कामी, बर्दियाका सुकराम थारु्, महोत्तरीका शिवशंकर राउत र अनिल चौधरी, धनुषाका चुतर्वा मण्डल, मकवानपुरका जितेन्द्र थापामगर र रुपन्देहीका यामबहादुर थापाको शव नेपाल ल्याइदैँछ ।
साउदीबाट भैरब बहादुर बस्नेत, कुवेतबाट नुवाकोटका सोनि तामाङ र सङ्खुवासभा मानव आलेकाे शव नेपाल ल्याइदैँछ भने सोलुका पेम्बा नुर्बु शेर्पाकाे शव नेपाल ल्याइदैँछ । निर्देशक श्रेष्ठका अनुसार ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी घरसम्म पुर्याइदिने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस