पर्वत अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द
पर्वत, ५ असार/ पर्वत अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द भएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा पाँच स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालले शुक्रबारदेखि सेवा बन्द भएको जनाएको छ ।
कोरोना अस्पतालमा कार्यरत सातजनाको नमूना परीक्षण गरिएकामा पाँचजनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ । यसअघि भारतबाट आएर क्वारेन्टिनमा बसेका ३८ जनामा कोरानो सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये आठजना बिहीवार निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस