• जीवनशैली | Jiwanshaili
  • विदेशबाट चीन आपूर्ति हुने खाद्य सामग्रीको परीक्षणमा कडाई


    चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना सङ्क्रमण भित्रिएको आशङ्कामा परीक्षणलाई कडा पारेको छ ।

    चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमण फैलिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड) को परीक्षणमा कडाई गरेको हो ।

    चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित विरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित विरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ ।

    चिनियाँ अधिकारीहरूले राजधानी बेइजिङको सिनफादी मासु बजारमा काम गर्ने वा व्यवसाय गर्ने व्यक्तिमा सङ्क्रमण भेटिएपछि वरपरका विद्यालय तथा वस्तीहरूलाई बन्दगरी त्यहाँका सयौँ हजार नागरिकको कोरोना सङ्क्रमण परीक्षण शुरू गरेको छ ।

    यसैबीच राजधानी बेइजिङ्मा थप २५ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र योसँगै दोस्रो चरणमा सङ्क्रमित हुनेको सङ्ख्या १८३ पुगेको छ ।

    पछिल्लो चरणमा सङ्क्रमण भेटिएका विरामीको लक्षण यूरोपका विरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिवेलाको सङ्क्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताउनुभयो ।

    चीनमा पछिल्लो चरणमा फैलिएको सङ्क्रमण यूरोपमा अहिले आउने विरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उहाँको दावी रहेको छ ।

    सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । यसै आधारमा चीनमा पछिल्लो समय देखिएको सङ्क्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दावी थियो ।

    cचीनले सीफुडका १५ हजार ६३८ नमूना सङ्क्रलन गरी परीक्षण गरेको थियो तर ती सबैमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको थिएन ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस