धानको समर्थन मूल्य निर्धारण
काठमाडौँ, ५ असार/ सरकारले पहिलो पटक बाली लगाउनुपूर्व नै धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो पटक धानको न्यूनतम समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७-०७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८८५ न्यूनतम समर्थन मूल्य तोकिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो । समर्थन मूल्य निर्धारण गर्दा उत्पादन लागतमा कृषकको मुनाफा २० प्रतिशत र ढुवानी खर्चमा औसत १० प्रतिशतले हुन आउने रकम थप गरी मूल्य निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो ।
यसअघि पहिलो पटक सरकारले गहुँको समर्थन मूल्य तोकेको थियो । गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयले सिफारिस गरेअनुसार गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १५ रहने गरी स्वीकृत गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस