अवैध काठसहित पक्राउ
लहान, ५ असार/ प्रहरीको टोलीले अवैध साल जातको चिरान काठसहित सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बन्दीपुरका रामवृक्ष महतोको घरबाट अवैध काठसहित काठ उद्योग सञ्चालन गर्ने धनुषा क्षिरेश्वर नगरपालिका–५ निवासी २४ वर्षीय रोशनकुमार महतोलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महतोको घरमा लुकाइछिपाइ राखेको अवस्थामा करिब ६५.१७ क्यूबिकफिट सालको काठसहित उपकरण बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
महतोको घरको कोठामा लुकाइ राखेको अवस्थामा ९० थान सालको चिरान, झ्यालको तयारी फ्रेम ३०३ थान बरामद भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । सोही क्रममा दुई थान मोटर, तीन थान रन्दा, प्वालपार्ने ग्रेन्डर दुई थान, आरा एक थान र आठ इन्च बेन्च ग्रिन्डर एक थानसहित नौ थानलगायतका उपकरणसमेत बरामद भएकोे प्रहरीले जनाएको छ ।
पक्राउ परेका काठसहित कामदारलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस