जुम्लामा ९० प्रतिशत रोपाइँ सम्पन्न
खलङ्गा,६ असार/ जुम्लामा करीब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दराखोलाका रोपाइँ हुने क्षेत्रमा कालीमार्सी, लेकाली एक र तीन तथा चन्दननाथ एक र तीन जातको धान रोपाइँ भएको छ । मार्सी यहाँको रैथाने धान हो भने अरु सबै कृषि अनुसन्धान केन्द्रले विकास गरेका नयाँ जातका धान हुन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार यस वर्ष जिल्लामा दुई हजार ७५० हेक्टर जमीनमा धान रोपिएको अनुमान रहेको बताउनुभयो ।
अघिल्लो वर्ष दुई हजार आठ सय हेक्टरमा धान रोपिएको थियो । जिल्लामा पचास हेक्टरमा तरकारी खेती गरिएको छ । तलिचौर, कुडारी र रारालिहीका किसान तरकारी खेतीतिर आकर्षित भएको हुनाले यस वर्ष धान रोप्ने क्षेत्रफल ५० हेक्टर घटेको प्रमुख देवकोटाले बताउनुभयो ।
चन्दननाथ र गुठीचौरमा पूरै रोपिसकिएको छ भने कुडारी, रारालिही र सिंजामा केही रोपाइँ हुन बाँकी छ । सिंजामा असार १० गतेसम्म पनि रोपाइँ चल्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस