खोलाले बगाएर बेपत्ता भएका मृत
तनहुँ, ६ असार/ गत सोमबार शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृतावस्थामा फेला परेका छन् । खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो ।
शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । शव परीक्षणका लागि दमौली पठाउने तयारी भइरहेको बताइएको छ । आँप टिप्न जाँदा घाइते आँप टिप्न जाँदा रुखबाट लडेर शुक्रबार एक जना सख्त घाइते भएका छन् ।
घिरिङ गाउँपालिका– १ बन्टार निवासी २४ वर्षीय देवबहादुर कुमाल लडेर घाइते भएका हुन् । उनको ढाड भाँचिएको र अहिले नयाँ मेडिकल अस्पताल चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस