• जीवनशैली | Jiwanshaili
  • प्रभावकारी बन्दै रेडियो स्कूल कक्षा


    राजापुर– बर्दियामा एक महिनादेखि रेडियो स्कूल कक्षा शिक्षा कार्यक्रममार्फत विद्यार्थी घरमै बसेर अध्ययन गरिरहेका छन् । कोरोना भाइरसको जोखिम बढेपछि सञ्चालन गरिएको रेडियो स्कूल कक्षा कार्यक्रमबाट विद्यालय खुल्न नसक्दा घरमै बसेका विद्यार्थीलाई फाइदा भएको छ ।

    बर्दियाका स्थानीय तहको समन्वयमा रेडियो स्कूल कक्षा कार्यक्रम निर्माण गरी विद्यार्थीका लागि स्थानीय एफएम रेडियोबाट स्कूल नमूना कक्षा शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

    कक्षा ४ देखि १० सम्मका बिद्यार्थीका लागि सञ्चालन गरिएको रेडियो स्कूल कक्षाले सबै तहका विद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहयोग पु¥याएको बारबर्दिया नगरपालिकास्थित युवक मावि जोगीगाउँका विद्यार्थी राकेश चौधरीले बताउनुभयो ।

    रेडियोबाट कक्षा सञ्चालन भएपछि सुनेर पढिरहेको मधुवन नगरपालिकास्थित आनन्द आधारभूत विद्यालयका कक्षा ८ उत्तीर्ण विद्यार्थी बमबहादुर शाहीले बताउनुभयो । पढ्ने बानी हराउन थालेका बेला रेडियोबाट कक्षा सञ्चालन हुँदा विद्यार्थी पढाइप्रति उत्प्रेरित भएको मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रीको भनाइ थियो ।

    विद्यार्थीको पढाइ अवरुद्ध भएका कारण अध्ययन गर्ने क्रम नरोकियोस् भनेर शुरु गरिएको रेडियो स्कूल कक्षा कार्यक्रम प्रभावकारी भएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो ।

    बर्दिया, मधुवनमा रहेको रामज्ञानु एफएम ८९ मेगााहर्ज, गुलरियामा रहेको रेडियो बबई १०६ मेगाहर्ज, भुरीगाउँको रेडियो टाइगर एफएम ९९.२ मेगााहर्ज र बाँसगढीमा रहेको रेडियो गुरुबाबा एफएम १०६.४ मेगाहर्जबाट रेडियो कक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस