१६ वर्षीया किशोरी क्वारेन्टिनबाट फरार
राजविराज, असार ६
राजविराज नगरपालिका कोराजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी छिन् ।
सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टिनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए । यादवका अनुसार क्वारेन्टिनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो ।
झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताए । भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस