कोरोना जोखिम बढेपछि अत्तरिया बजार बन्द
अत्तरिया, ६ असार/ कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा वाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गरिएका छन् । गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा अर्काे सूचना जारी नहुँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयो ।
सो नगरपालिका गत जेठ २४ गते पहिलो पटक एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३२ गते गोदावरी–१ का ४६ वर्षीय पुरुषको कोरानाबाट मृत्यु भएको थियो । सो नगरपालिकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भइसकेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस