कर्णालीमा ‘कम्ब्याट कोभिड–१९ प्रथम ई–कन्फ्रेन्स’
सुर्खेत, ६ असार/ ‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’(सिसिएमइपी–२०२०)को प्रथम ई–कन्फ्रेन्स आज कर्णालीमा सम्पन्न भएको छ । कन्फ्रेन्समा ‘नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणमा वैज्ञानिक सङ्गोष्ठी’ भएको छ ।
कार्यक्रमको शुरुआती चरणमा मध्यपश्चिम विश्वविद्यालयअन्तरगत एमआइसिडीका प्रोफेसर डा.दिनेश भुजुले कन्फ्रेन्स आयोजना र त्यसको उद्देश्यमाथि प्रकाश पार्नुभयो । उक्त बहसमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले कोभिड–१९ को वर्तमान अवस्था र मप विश्वविद्यालयको भूमिकाबारे चर्चा गर्नुभयो । सो अवसरमा इञ्जिनियर डा.राम आचार्यले नेपालमा कोभिड–१९ले वर्तमान अवस्थामा पारेको प्रभाव, यसको आगामी असर, चुनौति र संभावनाका विषयमा प्रस्तुति दिनुभएको थियो । त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्रका प्राडा. नारायण अधिकारी, नेपाल खुला विश्वविद्यालयका ईपिडिमियोलोजिष्ट प्राडा. सुजनबाबु मरहट्टाले सोही सवालसँग सम्बन्धित रहेर यससँग जुध्ने रणनैतिक योजना र नविन खोजका बारेमा आफ्ना प्रस्तुतिहरु दिनुभयो ।
कार्यक्रमको समापनमा नास्टका उपकुलपति डा सुनिलबाबु श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्माले विश्वव्यापीरुपमा सङ्कट बनाएको यो महामारीले मानव समुदायलाई नविन खोज तथा अनुसन्धान गर्न प्रेरित गरेको बताउनुभयो । नास्टका प्राडा गङ्गा श्रेष्ठले ‘सङ्गोष्ठी’ को सन्दर्भ र विषय समयानुकूल भएको जनाउँदै महामारीसँग जुध्न र भावी चुनौतिसँग सामना गर्न नयाँ सोच र विधिको विकास हुने तर्क गर्नुभयो । मध्य–पश्चिमाञ्चल विश्वविद्यालय (एमयू)को नेतृत्वमा गठित ‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञान प्रतिष्ठान (नास्ट)को संयुक्त प्रयासमा आयोजित सो प्रथम कन्फ्रेन्समा विभिन्न प्रतिष्ठित संस्थासँग आवद्ध वैज्ञानिक तथा विज्ञले नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणसम्बन्धि प्रस्तुतिसहित विचार राख्नुभएको थियो ।
कन्फ्रेन्सले अहिलेको माहामारी, यसको प्रभाव र नेपालको भावी अवस्थाबारे गहन छलफल गर्ने, सम्बन्धित निकायसम्म सुझाव पु¥याउने र आम जनताको जिज्ञासा मेटाउने अपेक्षा मध्य–पश्चिम विश्वविद्यालयले गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस