अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन १६ उडान
असार ०७ गते (आईतबार)/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्पm नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएको थियो ।
विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो । आजमात्रै दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार नेपाल एयरलाइन्सले जापानको नारिताबाट २३६ यात्रु र तीन बालबालिका काठमाडौँ ल्याएको छ ।
यस्तै हिमालय एयरलाइन्सले बङ्गलादेशको ढाकाबाट चार्टर्ड उडानमार्फत १५५ नेपाली काठमाडौँ ल्याएको छ । कोरियन एयरले दक्षिण कोरियाबाट २२८ नेपाल काठमाडौँ ल्याएको छ । सोही एयरले नेपालबाट २३३ यात्रु बोकेर दक्षिण कोरियाको सिओल प्रस्थान गरेको छ ।
त्यस्तै जजिरा एयरले कुवेतबाट १५० नेपाली ल्याएको छ । एयरअरेबियाले सारजहाबाट १६८ यात्रु र बच्चा ल्याएको छ । कतार एयरवेजले दोहाबाट कार्गो ल्याएको छ । नेपाली यात्रु लिन आजै नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्से ढाका प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।
आन्तरिकतर्फ हिजो श्री एयर, सीता एयर, समिट एयर, तारा एयर, मनाङ एयर र सिम्रिक एयरको हेलिकोप्टरको उडानमध्ये समिट र ताराको लुक्ला र श्रीको बाग्लुङ उडान मौसम खराबीका कारण रद्द भएको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस