पहिरामा पुरिएका जीप चालकको मृत्यु

गुल्मी, ७ असार/ पहिराले जीप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ । उहाँको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते भएर उपचारत २७ वर्षीय रमेश राना भने उपचारपछि घर फर्कनुभएको छ । अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट –३ हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप शनिबार अपराह्न सडकमाथिबाट खसेको पहिराले पुर्दा धुर्कोट– ३ का १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको भने सामान्यावस्था छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस