ग्रहणका समयमा स्नान गर्न देवघाट नआउन अनुरोध
चितवन, ७ असार / देवघाट क्षेत्र विकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न नआउन भक्तजनलाई अनुरोध गरेको छ । कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल सो स्थलमा ग्रहणका समयमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।
समितिले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै कोरोनाको सम्भावित जोखिमका कारण घरमा नै स्नान गर्न अनुरोध गरेको हो ।
समितिका अध्यक्ष शिवराज पौडेलले मठमन्दिर र देवघाटमा बसोबास गर्ने बाहेक अन्य भक्तजनलाई स्नान गर्न नआउन आग्रह गर्नुभयो । यसअगाडिका वर्षहरुमा ग्रहण लाग्दा ५० हजार हाराहारी भक्तजन स्नान गर्न आउने गरेको भए पनि यस वर्ष कोरोना भाइरसको जोखिमका कारण भक्तजनलाई नआउन अनुरोध गरिएको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस