बेलायतमा चारमध्ये एक जना खाद्य सङ्कटको जोखिममा

लण्डन, ७ असार / कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एक जना खाद्य सङ्कटको खतरामा रहेको पाइएको छ ।
कोरोनाभाइरसबाट उत्पन्न महामारीका कारण खाद्य सङ्कटको खतरा देखिएको अध्ययनकर्ताहरुले जानकारी दिएका छन् ।
खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरुले प्रश्न गर्दा चारमध्ये एक जनाले खाद्य असुरक्षा महसुस गरिरहेको जवाफ दिएका थिए ।
खाद्य असुरक्षासँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताहरुको निश्कर्ष छ ।
अध्ययनको मुख्य निश्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ ।
महामारीका बेलामा २५ प्रतिशत बयस्कहरुले खानाका लागि संघर्ष गर्नु परेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यही कारणले खाद्य असुरक्षा महसुस गरिएको र पौष्टिक आहारको अभाव भएको बताइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस