लागुऔषधसहित पाँच पक्राउ
जिल्ला प्रहरी कार्यालयले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भरतपुर महानगरपालिका वडा नं २२ का २६ वर्षीय आशिष थापा, २२ वर्षीया कञ्चन उपरकोटी, भरतपुर महानगरपालिका वडा नं ३ का २२ वर्षीय अविनाश बोटे, वडा नं ४ का २१ वर्षीय भुदत्त परियार र गंैडाकोट नगरपालिका वडा नं १६ की १९ वर्षीया बविता महतो रहेको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिनुभयो ।
उनीहरुलाई शुक्रबार भरतपुर महानगरपालिका वडा नं २ विक्रममार्गबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट फेनारगन २५५ एम्पुल, मफिन २५५ एम्पुल, डाइजेपाम २५५ एम्पुल बरामद गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई आज जिल्ला अदालतमा लागुऔषध ओसारपसार मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस