• जीवनशैली | Jiwanshaili
  • खोलाले बगाउँदा महिलाको मृत्यु


    दार्चुला, ७ असार / नौगाड गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वडा नं ३ की २६ वर्षीया कमला ठगुन्नाको मृत्यु भएको हो ।

    आज बिहान खोला तर्ने क्रममा ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक ठगुन्नाका दुई छोरी रहेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँदको टोली खटिएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस