बालिका बिक्री गर्ने दुई पक्राउ
काठमाडौँ, ७ असार / एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङ रहेको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा जनाएको छ ।
काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेर भारतमा बिक्री गरेको भन्ने सूचनाका आधारमा खोजतलास तथा उद्धार गर्ने क्रममा भारतको रसलपुरबाट जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्धार गरिएरेको थियो । उनीहरुले बालिकालाई गत फागुन ११ गते काठमाडौँबाट सुनौली हुँदै भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पु¥याएका थिए । उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस