राप्तीमा पहिलो महिला क्वारेन्टिन
चितवन, ८ असार /जिल्लामा पहिलो पटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । राप्ती–६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको हो ।
महिलामैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माविमा ५० श्ययाको महिलामैत्री क्वारेन्टिनको व्यवस्था गरेको हो । तत्कालका लागि ३० श्ययाको क्वारेन्टिनको व्यवस्था भए पनि ५० श्यया पु¥याइने नगरपालिका प्रमुख प्रभा बरालले बताउनुभयो । बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ ।
तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टिनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टिनमा रहेका छन् । तीमध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टिनमा राखिने उहाँले बताउनुभयो ।
राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टिनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस