पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
मान्म, ८ असार/ कर्णाली राजमार्गअन्र्तगत खाँडाचक्र नगरपालिका–३ को गल्लीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबार राति परेको अविरल वर्षाका कारणले कर्णाली राजमार्गमा पहिरो गएको हो ।
पहिराका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको र अहिले खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । सडकभन्दा माथिबाट पहिरो आएको र अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस