फरार अभियुक्त १६ दिनपछि पक्राउ
परासी, ८ असार/ नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) मा एक जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि फरार रहेका अभियुक्त १६ दिनपछि पक्राउ परेका छन् । रुपन्देहीको रोहिणी गाउँपालिका–४ का गङ्गासागर यादव नवलपरासीको रामग्राम–१६ हकुईबाट पक्राउ परेका हुन् । गत जेठ २१ गते नवलपरासीको परासी–महेशपुर सडक खण्डअन्तर्गत पाल्हीनन्दन–३ परसियामा अपरिचित मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५३ वर्षीय नाथुप्रसाद गुप्ताको मृत्यु भएको थियो ।
ठक्कर दिने मोटरसाइकल फरार रहेकामा खोजी गर्दै जाँदा १६ औँ दिनमा सवारी साधनसहित चालकलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिनुभयो । घटनास्थलमा फेला परेको मोटरसाइकलको भाइजरको टुक्राका आधारमा अभियुक्त पक्राउ गर्न सफल भएको उहाँको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस