बन्दाबन्दीमै पाए २१४ जनाले रोजगारी
गलकोट, ८ असार/ बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाएका छन् । कोरोना सन्त्रासका बीच जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ पहिलो सातादेखि शुरु भएको थियो ।
सो कार्यक्रमअन्तर्गत पदमार्ग, गोरेटो बाटो, सडक मर्मत तथा सिँचाइ कुलो निर्माण गरिएको छ । बाहिरबाट कामदार नल्याई स्थानीयलाई नै रोजगारी प्रदान गरी विकास निर्माणका काम गरिएको नगरपालिकाका रोजगार संयोजक सविता शर्माले जानकारी दिनुभयो । “१४ मध्ये केही वडामा कार्यक्रम सम्पन्न भइसकेको छ, केही वडामा अन्तिम चरणमा छ”, शर्माले भन्नुभयो “नगरमा यो वर्ष २१४ जानले रोजगारी पाए, बन्दाबन्दीमै रोजगार पाउदा वेरोजगार भएकाहरुलाई राहत भएको छ ।”
राहत वितरण भन्दा रोजगार कार्यक्रमअन्तर्गत सामाजिक दूरी कायम गरी काममा लगाउने निर्णयअनुसार रोजगारी दिइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नौ नम्बर वडाले पेश गरेको प्रस्तावना रोजगारी सिर्जना गर्न नमिलेको भन्दै अस्वीकृत भएको हो । नगरपालिकाको बेरोजगार सूचीमा दुई हजार ३५० जना सूचीकृत छन् । अति विपन्न तथा परिवारनै बेरोजगार भएकालाई प्राथमिकता दिइएको छ । बन्दाबन्दीमा काम पाउँदा कामदारहरु हर्षित भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकालाई प्राप्त रु ३६ लाख २६ हजारको बजेटबाट ७५ प्रतिशत श्रमिकलाई ज्याला र २५ प्रतिशत निर्माण तथा मजदुर सुरक्षा सामग्रीमा खर्च गरिने कार्य विधिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस