चन्द्रागिरिले ‘उत्पादन र रोजगार’लाई प्राथमिकता दिने
काठमाडौँ, ८ असार/ चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमा उत्पादन र रोजगारलाई विशेष प्राथमिकता दिने भएको छ । काठमाडौँ उपत्यकाको प्रमुख नाकामा रहेको चन्द्रागिरिले समृद्ध नगरपालिका निर्माणका लागि वेरोजगार युवालाई उत्पादनसँग जोड्नेगरी बजेट विनियोजन गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले उत्पादनलाई रोजगारसँग जोड्न आगामी आवको जबेटमा कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, पर्यटनलाई विशेष प्राथमिकता दिन लागेको जानकारी दिनुभयो ।
“विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारी गुमाएका नगरपालिकाका युवालाई स्वदेशमा नै रोजगारी प्रदान गर्न उत्पादन र रोजगारलाई प्राथमिकता दिन लागेका छौँ”, उहाँले भन्नुभयो । नगरप्रमुख गिरीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उपचारका लागि स्वास्थ्य क्षेत्रमा नगरपालिकाले बजेटलाई विशेष जोड दिएको बताउनुभयो ।
वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरिले विकास र पूर्वाधारलाई पनि वजेटमा प्राथमिकता दिएको छ । चन्द्रागिरीमा १५ वडा छन् । आगामी आवमा नगरपालिकाभित्र हुने अनियमितता, भ्रष्टाचार, ढिलासुस्तीलाई कम गर्दै सुशासनमा जोड दिने नगरप्रमुख गिरीले बताउनुभयो । आर्थिक वर्ष २०७६-०७७ मा रु एक अर्ब ७४ करोडको वजेट प्रस्तुत गरेको चन्द्रागिरीले आगामी आर्थिक वर्ष २०७७-०७८ मा रु एक अर्ब ७० करोड हाराहारीको वजेट प्रस्तुत गर्दैछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस