एक घर: एक धारा
दमौली, ८ असार/ तनहुँको भानु नगरपालिका–५ मैवलमा पोखरीथोक कोलग्रैही गोही खानेपानी आयोजना निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको आधारभूत खानेपानी आयोजनाको “एक घर एक धारा” बहुवर्षीय योजनाअन्तर्गत रु एक करोडमा आयोजना निर्माण शुरु गरिएको खानेपानी उपभोक्ता समूहका सचिव शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाबाट पोखरीथोक, चैनपुर र गोठादीका ७० घरधुरी लाभान्वित हुनेछन् ।
लिफ्टिङ प्रविधिबाट पानी घर–घरमा वितरण गर्न १० र २० घनमिटरको दुई वटा ट्याङ्की निर्माण गरिनेछ । वर्षौदेखि खानेपानीका लागि कुवामा जानुपर्ने बाध्यता रहेकाले आयोजना निर्माण भएपछि स्थानीयवासी हर्षित भएको स्थानीयवासी अशोक खत्रीले जानकारी दिनुभयो । आयोजना बनाउन स्थानीयवासीले श्रमदान गरेका छन् । यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–४ र ५ का सर्वसाधारणलाई खानेपानी सुविधा पु¥याउन गण्डकी प्रदेश सरकारको सहयोगमा खानेपानी आयोजना निर्माण शुरु भएको छ । उक्त ठाउँका तीन सय घरधुरीमा खानेपानी सुविधा पु¥याउन रु एक करोड ५० लाखमा खानेपानी आयोजना निर्माण शुरु गरिएको चुनपहरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव सुरज जोशीले जानकारी दिनुभयो ।
दुई वर्षमा निर्माण सक्ने गरी आयोजनाको काम थालिएको छ । घर–घरमा धारा नहुँदा यहाँका स्थानीयवासीले सार्वजनिक धारा र कुवा पंधेराबाट खानेपानीको जोहो गर्दै आइरहेका छन् ।
प्रदेश सरकारले घोषणा गरेको “एक घर एक धारा” कार्यक्रम अन्तर्गत हालसम्म ९५ आयोजनाबाट २९ हजार ७ सय धारा निर्माण भई २ लाख ७५ हजार जनसङ्ख्या लाभान्वित भएका छन् ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रत्येक घरधुरीमा खानेपानी सुविधा पु¥याउने सरकारको लक्ष्य भएकाले खानेपानी योजना निर्माणका लागि रु दुई अर्ब ३९ करोड १२ लाख विनियोजन गरिएको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा प्रदेश सरकारको पहलमा एक घर ः एक धारा कार्यक्रमका लागि सङ्घीय सरकारले रु ३० करोड, आधारभूत खानेपानी पहुँच कार्यक्रमका लागि रु २० करोड बजेट विनियोजन गरेको थियो । प्रदेशका सबै घरपरिवारलाई आधारभूत खानेपानी सेवा पु¥याउन निर्माणाधीन आयोजनालाई आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस