• जीवनशैली | Jiwanshaili
  • खोलाले बगाउँदा मृत्यु


    पाल्पा, ८ असार/ रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका –१ निवासी ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।

    मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उनलाई खोलाले बगाएको थियो । खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा उनलाई भेटिएको वडाध्यक्ष रेग्मीले बताउनुभयो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस