सिरियाबाट १० जना फ्रान्सेली बालबालिका फिर्ता
पेरिस, ८ असार/ सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका दश जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ । फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका र तिनीहरुबाट सिरियामै बालबच्चा जन्मिएका थिए ।
गत वर्ष मार्च २०१९ मा अमेरिका र पश्चिमा मुलुकको व्यापक सैन्य कारबाहीपछि सिरियाबाट इस्लामिक स्टेट समूह परास्त भएको थियो ।
फ्रान्सेली विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ती बालबालिका उत्तरपूर्वी सिरियाका शिविरबाट फिर्ता ल्याएको जनाइएको छ । उनीहरुको स्वास्थ्य उपचार शुरु गरिएको र ती बालिबालिकाको हेरचाह गर्ने जिम्मेवारी सामाजिक संस्थालाई दिइएको छ । ती बालबालिकाका अभिभावकका बारेमा भने केही खुलाइएको छैन ।
फ्रान्सले युद्धग्रस्त सिरियाबाट कूल २८ बालबालिकालाई फिर्ता लगिसकेको छ । अधिकारवादी समूहहरुले बाल उमेरका बालबालिकालाई तत्काल फर्काउन फ्रान्स सरकारमाथि लगातार दबाब दिइरहेका छन् । अधिकारवादी समूहले कतिपय बालबालिका उनीहरुका बाबुआमाले फ्रान्सबाटै साथमा लगेको दाबी गरेका छन् ।
एक अनुमान अनुसार करिब ३०० फ्रान्सेली बालबालिका सिरियास्थित कुर्दिस समूदायले सञ्चालन गरेका शिविरमा उनीहरुका आमाहरुका साथमा रहेका छन् । फ्रान्सले भने सिरिया पुगेका हरेक व्यक्तिमाथि स्थानीय कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
सिरियाको उत्तरपूर्वस्थित अल–होल भन्ने स्थानमा करिब १२ हजार विदेशी नागरिक अस्थायी शिविरमा रहेका छन् जसमा चार हजार महिला र आठ हजार बालबालिका रहेका छन् । सहायता निकायहरुले यी शिविरमा आश्रित व्यक्तिहरुले कुपोषण र रोगको प्रकोपबाट गुज्रनु परेको बताएका छन् ।
कुर्दिस अधिकारीहरुले शिविरमा रहेका विदेशी नागरिकहरु स्वदेश फर्काउन आग्रह गरिरहेका छन् । उनीहरुले अनिश्चितकालसम्म विदेशी नागरिकलाई सुरक्षा दिएर राख्न नसक्ने चेतावनी पनि दिएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस