पहिराले गुल्मीमा ४२ घरपरिवार विस्थापित
गुल्मी, ८ असार/ पहिराका कारण गुल्मीमा ४२ घरपरिवार विस्थापित भएका छन् । लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ४२ घरका २०८ जना विस्थापित बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।
पहिराको जोखिम बढ्दै जान थालेपछि मानिस यतिबेला स्थानीय विद्यालय, आफन्त र छिमेकीका घर तथा गोठमा आश्रय लिन बाध्य बनेका छन् । पहिराले विस्थापित हुनेमा रेसुङ्गा नगरपालिका– ७ बेदुखर्कका १४ घरधुरीका ६४ जना, रेसुङ्गा– ९ बूढीचौरका दुई घरधुरीका ६५ जना, इस्मा गाउँपालिका–४ रातामाटाका ११ घरधुरीका ६२ जना, कालीगण्डकी गाउँपालिका– ५ फोक्सिङ्गका तीन घरधुरीका १४ जना र मुसिकोट नगरपालिका– १ तल्लो पौँदीका दुई घरधुरीका तीन व्यक्ति पहिराका कारण विस्थापित बनेका हुन् ।
पहिराको जोखिमका कारण विस्थापित बनेकामध्ये इस्मा गाउँपालिका– ४ रातामाटाका ११ घरपरिवारले स्थानीय जनशक्ति प्राथमिक विद्यालयमा आश्रय लिएका छन् भने अन्य विस्थापित परिवार भने आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका प्रहरी निरीक्षक रावलले बताउनुभयो ।
अव्यवस्थितरुपमा सडक निर्माण, सडक निर्माण गर्दा निर्माण व्यवसायीको लापरवाही, सडक छेउछाउमा अलपत्र अवस्थामा राखिएका निर्माण सामग्री र उचित स्थानमा ढल र नालीको व्यवस्थापन नहुनु तथा निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्नु जस्ता समस्याले आएको पहिराले विस्थापित हुनुपरेको पीडितले गुनासो गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस