पहिराले गुल्मीमा ४२ घरपरिवार विस्थापित

गुल्मी, ८ असार/ पहिराका कारण गुल्मीमा ४२ घरपरिवार विस्थापित भएका छन् । लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ४२ घरका २०८ जना विस्थापित बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।
पहिराको जोखिम बढ्दै जान थालेपछि मानिस यतिबेला स्थानीय विद्यालय, आफन्त र छिमेकीका घर तथा गोठमा आश्रय लिन बाध्य बनेका छन् । पहिराले विस्थापित हुनेमा रेसुङ्गा नगरपालिका– ७ बेदुखर्कका १४ घरधुरीका ६४ जना, रेसुङ्गा– ९ बूढीचौरका दुई घरधुरीका ६५ जना, इस्मा गाउँपालिका–४ रातामाटाका ११ घरधुरीका ६२ जना, कालीगण्डकी गाउँपालिका– ५ फोक्सिङ्गका तीन घरधुरीका १४ जना र मुसिकोट नगरपालिका– १ तल्लो पौँदीका दुई घरधुरीका तीन व्यक्ति पहिराका कारण विस्थापित बनेका हुन् ।
पहिराको जोखिमका कारण विस्थापित बनेकामध्ये इस्मा गाउँपालिका– ४ रातामाटाका ११ घरपरिवारले स्थानीय जनशक्ति प्राथमिक विद्यालयमा आश्रय लिएका छन् भने अन्य विस्थापित परिवार भने आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका प्रहरी निरीक्षक रावलले बताउनुभयो ।
अव्यवस्थितरुपमा सडक निर्माण, सडक निर्माण गर्दा निर्माण व्यवसायीको लापरवाही, सडक छेउछाउमा अलपत्र अवस्थामा राखिएका निर्माण सामग्री र उचित स्थानमा ढल र नालीको व्यवस्थापन नहुनु तथा निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्नु जस्ता समस्याले आएको पहिराले विस्थापित हुनुपरेको पीडितले गुनासो गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस