घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु
चन्द्रौटा, ८ असार/ कपिलवस्तुमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आज अपराह्न ३ बजे रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर अर्घाखाँची भूमिकास्थान नगरपालिका –२ स्थायी घर भएका २७ वर्षीय नवराज भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताउनुभयो ।
बुद्धभूमि नगरपालिका चौवन्नपुरमा मामाघर बस्दै आएका भुसाल दिउँसो सडक नजीकै रहेको रुखमा घाँस काट्ने क्रममा विद्युत्को तारले छुँदा करेन्ट लागेर रुखमै अड्किनुभएको थियो । शव परीक्षणका लागि तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस